'ड्रिङ्क एण्ड ड्राइभ'मा थिए मल्ल

कास्की | बैशाख २१, २०७९

'ड्रिङ्क एण्ड ड्राइभ'मा थिए मल्ल

पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले मोटरसाइकललाई ठक्कर दिई फरार रहेका चालक एन्जेल बम मल्लले मादक पदार्थ सेवन गरि सवारी चलाएको निष्कर्ष निकालेको छ । काठमाडौंबाट पक्राउ परेका मल्ललाई पोखरामा आज सार्वजनिक गर्दै मादक पदार्थ सेवन सहित चरम लापरवाही सहित सवारी चलाएको जानकारी दिएको हो । 

 

कास्की प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीका अनुसार दुर्घटना पश्चात फरार रहेका मल्ले भाग्दै गर्दा समेत एक बोतल वियर खाएका थिए ।   दुर्घटना भएपश्चात मल्लले  मोटरसाईकल लिफ्ट मागी पर्वतको कार्कीनेटा (आफ्नो घर) पुगेका थिए । त्यसपछि उनले घरकै मोटरसाइकल लिगेर स्याङ्जा हुदै पाल्पा पुगे । त्यो रात पाल्पामै बिताएको डिएसपी तिवारीले बताए । तिवारीका अुनसार अर्काे दिन बुटवल चितवन हुदै काठमाडौं पुगेका थिए ।

 

उनले मादक पदार्थ सेवन गरि सवारी साधन चलाउने प्रवृतिले कुनै परिवारको खुशी खोस्ने बताए ।  उनले उक्त घटनालाई उदाहरण दिदै भने, ‘यो ड्रिङ्क एण्ड ड्राइभ नराम्रो प्रवृति हो । यसले कुनै सुखी परिवारको खुशी खोस्छ ।त्यसैले यसको अन्त्य हुनुपर्छ ।’ 

 

मल्ललाई के हुन्छ कारवाही?

कास्की जिल्ला अदालतको अनुमतिमा पक्राउ परेका कार चालक मल्ललाई पहिलो पटक ७ दिन म्याद थप गरिएको कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक रमेश थापाले बताए । 

 

उनले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार तिन वटा अवस्था मध्ये प्रमाणित भएको कसुरमा कारवाही हुने बताए ।  ‘तिनवटा अवस्था छ । जानीजानी दुर्घटना गर्याे, कसैलाई मार्याे वा किच्यो । यो पहिलो अवस्था हो । दोस्रो, लापरवाही तवरले सवारी चलाएर कसैको ज्यान गयो र अर्काे भवितव्य दुर्घटना भयो, एसपी थापाले भने, ‘हामीले संकलित गरेको  प्रमाणका आधारमा उपयुक्त दफा अनुसार कारवाही गर्छाै ।’

 

उनका अनुसार मल्ललाई जिल्ला प्रहरी कार्यालय कास्कीमा प्रहरी निरिक्षक ज्ञान बहादुर खड्काको टोली र महानगरीय प्रहरी वृत्त महाराजगञ्जको सहयोगमा पक्राउ गरिएको हो ।

 

कास्कीको अन्नपूर्ण गाउँपालिका १ लेवाडेमा गत आइतबार पोखराबाट पर्वततिर जाँदै गरेको ग ३ च ३५२५ नम्बरको कारले पोखरा आउंदै गरेको ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट पर्वतका ४५ वर्षिय जितबहादुर पुनको उपचारको क्रममा मेट्रोसिटी अस्पतालमा मृत्यु भएको थियो भने उनको १८ वर्षिया छोरी सुजिना पुनले आइतबारनै ज्यान गुमाएका थिए । 


 

काठमाडौं:   राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उमेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ । आगामी फागुन २१ गते प्रत...

थप पढ्नुहोस्

पोखरा:    हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगिताको उपाधि डायमण्ड सेकेण्डरी स्कुलले जितेको छ । आइतबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा डाय...

थप पढ्नुहोस्

म्याग्दी:  पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त र एकान्त वातावरण । पहाडको मध्यभागमा अवस्थित थुम्को । तलतिर देखिने नागबेली परेर बगेको म्याग्दी नदी र ग्रामीण बस्ती चराचुरुङ्गी र वन्यजन्तुका आवाज । ...

थप पढ्नुहोस्